विप्लवका गतिविधि आतंककारी, सरकार रोक्न दृढ छ: प्रधानमन्त्री ओली « Khabarhub

विप्लवका गतिविधि आतंककारी, सरकार रोक्न दृढ छ: प्रधानमन्त्री ओली


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर‍- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहको गतिविधि आतंककारी भएको र सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफुले चन्द समूहको मागलाई बुझ्न नसकेको बताए । ‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढ्न नदिने गम्भिर प्रयासहरु भईरहेका छन्,’ प्रधानमन्त्री ओली भने  ‘मानिसलाई त्रसित पार्न बम पड्काउने समूहलाई सोध्न चाहन्छु कुन उद्देश्य र माग के हो ?’

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढ्न नदिने गरी चन्द समूहले गतिविधि गरेकाले यसलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको पनि स्पष्ट पारे । उनले मानव अधिकार, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्‍याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने दोहोर्‍याए ।

लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैरकानूनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गरे । उनले आफ्नो लोकतन्त्र र मानव अधिकारप्रतिको निष्ठा र प्रतिबद्धतामा शंका नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

मानव अधिकार र लोकतन्त्र नहुँदाको पीडा आफूले भोगेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले मानव अधिकारको प्रश्नमा खोट लगाउने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताप्रति पनि सरकार प्रतिबद्ध रहेको जिकिर गरेका छन् । तर संचारकर्मीहरुले कसैमाथि पनि गम्भिर आक्षेप लाग्ने गरी कलम चलाउन नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ४९ बजे

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा