भ्रष्टाचार प्रकरणले ढल्यो अष्ट्रियाको सरकार | Khabarhub Khabarhub

भ्रष्टाचार प्रकरणले ढल्यो अष्ट्रियाको सरकार


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रिया- भ्रष्टाचार प्रकरणमा मुछिएको अष्ट्रियाको सरकारमाथि लागेको महाअभियोग प्रस्ताव पारित भएसँगै त्यहाँको सरकार ढलेको छ ।

संसद्का बामपन्थी पार्टीहरुले अष्ट्रियन चान्सलर सेबाष्टियन कुर्जविरुद्ध दर्ता गराएको महाअभियोगलाई उनको पूर्व साझेदार दक्षिणपन्थी दलले समेत समर्थन गरेको हो ।

मुलुकका उपचान्सलर हाइन्ज क्रिष्चियन स्टार्चले रुसी लगानीकर्तासँग मोलमोलाई गरिरहेको भिडियो सार्वजनिक भएको थियो । उपचान्सलर पदबाट राजीनामा दिएसँगै वर्तमान दक्षिणपन्थी सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

त्यसलत्तै चान्सलर कुर्जले आम निर्वाचनको आह्वान गरेका थिए । अब चाँडै त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भान डेर बलनले नयाँ सरकार गठनको आह्वान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : १६ बजे

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क