एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो, कसरी हेर्ने नतिजा ? « Khabarhub

एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो, कसरी हेर्ने नतिजा ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ ।  प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेका कारण यस वर्षको परीक्षाफल पर्काशित गर्न ढिलाई भएको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा प्रकाशित हुने गरेको थियो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट शुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा प्रकाशन भएपछि १६०० मा डायल गरेर आफ्नाे नतिजा थाहा पाउन सकिने छ । त्यसका साथै एसएमएसबाट नतिजा थाहा पाउन सकिने छ । जसका लागि see<space>Symbol No. and send it to 1600 गर्नुपर्ने छ । मार्कसिटसहित नतिजा हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस-

यहाँ क्लिक गरेर एसईईको नतिजा हेर्नुस्

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २० बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन