पाकिस्तानको सानदार जीत, न्युजिल्याण्ड ६ विकेटले हार्‍यो « Khabarhub

पाकिस्तानको सानदार जीत, न्युजिल्याण्ड ६ विकेटले हार्‍यो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पाकिस्तानले सेमिफाइनलको यात्रालाई बलियो बनाएको छ । बुधबार राति भएको खेलमा उपाधी दावेदार न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलका लागि ढोका खोलेको हो ।

बिर्मिङघममा बुधबार भएको खेलमा न्युजिल्याण्डलाई पराजित गरेसँगै पाकिस्तानले शीर्ष चारमा रहेर विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानको जीतमा बाबर आजमले शतकीय इनिङ्स खेले । आजमले १२७ बलमा ११ चौकासहित १०१ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो शतक हो । यस्तै हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मोहमद हाफिजले ३२ रन जोड्दा इमाम उलहकले १९ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट,केन विलियम्सन र लक्की फोर्गुसनले १/१ विकेट लिए ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । मात्र ८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।

ओपनर मार्टिन गुप्टि ५ रन कोलिन मुन्रो १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्सन ४१ रनमा पोविलियन फर्किए ।
जीतसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ । न्युजिल्याण्डको पनि सेमिफाइनल सम्भावना बलियो छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २५ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र