क्रिस गेलले तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम नलिने « Khabarhub

क्रिस गेलले तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम नलिने


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-क्यारेबियन टोली वेष्ट इन्डिजका आक्रामका ब्याट्सम्यान तथा ‘युर्निभसल बोस’ क्रिस गेलले तत्काल आफुले इन्डिज टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिने बताएका छन् ।

विश्वकपलाई नै एकदिवसीय अन्तर्राष्ट्रियमा उनको अन्तिम भनिरहँदा उनले तत्काल टोलीबाट सन्यास नलिने स्पष्ट पारेका हुन् ।

उनले आफुलाई विश्वका महान क्रिकेट मध्ये मान्ने गरेको बताउँदै तत्काल टोलीबाट नबाहिरिने बताएका हुन् । विश्वकप पछि उनी टोलीबाट सन्यान नलिए पनि उनको क्रिकेट करियर केही महिनाका लागि मात्रै भएपनि लम्बिने संकेत गरेका छन् ।

‘म महान खेलाडीको सूचीमा छु । त्यसमा कुनै शंका छैन र जति पनि वेष्ट इन्डिजका लागि खेलेको छु त्यसैमा जिउँने कोसिस गरेको छु भने त्यसैमा आनन्दित मानेको छु । तर, यो यात्रा अहिले नै सकिइसकेको छैन् । मलाई अझै केही खेल खेल्नु छ,’ उनले भने, ‘विश्वकप पछिको मेरो योजनाको बारेमा भन्नु पर्दा म भातरविरुद्धको टेस्ट म्याच खेल्न सक्छु र भारतसँगकै एकदिवसीय शृङ्खला पनि खेल्न सक्छु । तर, पनि म टि–२० क्रिकेट छोड्नेछु । यो नै मेरो विश्वकप पछिको योजना हो ।’

विश्वकपमा वेष्ट इन्डिजका अब तीन खेल मात्रै बाँकी छन् । यस बीचमा उनले विश्वकपमा आफुले शतक प्रहार गर्न चाहेको बताउँदै शतक नभए पनि कुनै गुनासो नरहेको स्पष्ट पारे ।

अहिलेसम्म धेरै सफलता हात पारिसकेका गेल विश्व्कपको सेमिफाइनलमा स्थान बनाउन र विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्न चहान्थे ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : २६ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र