‘सानो मन’ को रिलिज मिति १ हप्ता पर धकेलियो « Khabarhub

‘सानो मन’ को रिलिज मिति १ हप्ता पर धकेलियो


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सानो मन’ को को प्रदर्शन मितिमा हेरफेर भएको छ । असार २० गते प्रदर्शन हुने भनिएको यो फिल्मको प्राविधिक रुपमा थप समय लाग्ने भएपछि रिलिज मिति एक हप्ता पर सारिएको निर्माण टिमले जनाएको छ ।

अब यो फिल्म असार २७ मा रिलिज हुनेछ ।

निर्माता राजेन्द्र मानन्धरका अनुसार फिल्मलाई हतारमा रिलिज गर्नुभन्दा बरु एक हप्तापछि रिलिज गर्ने तर स्तरीय बनाएर रिलिज गर्ने बताए ।

लभस्टोरी यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् भने फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ ।

बैंकक, काठमाडौं र भैरहवामा छायांकन गरिएको यो फिल्मलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, समेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन् । फिल्मले यसअघि सार्वजनिक गरेको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ११ : ३९ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन