चर्चामा आउने ‘काइदा’ जानेकी प्रियंका- सामाजिक सञ्जालमा हिट, फिल्ममा फ्लप « Khabarhub

चर्चामा आउने ‘काइदा’ जानेकी प्रियंका- सामाजिक सञ्जालमा हिट, फिल्ममा फ्लप


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीका यस्ता कुनै फिल्म छैनन्, जुन फिल्ममा उनको कामको खुबै तारिफ भएको हो । सबै फिल्म उत्तिकै औसत छन् । तुलनात्मक रुपमा सबै फिल्ममा प्रियंकाले उस्तै अभिनय गरेकी छिन् ।

केही वर्ष चर्चाको उत्कर्षमा पुगेकी प्रियंका विवादमा आइरहने अभिनेत्री पनि हुन् । तर, त्यस्ता विवादमा पनि प्रियंकाले आनन्द लिइरहेकी हुन्छिन् ।

दिनको २ घण्टा सुतेर अरु समय काम गर्न सक्ने बताउने प्रियंका पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै जम्न सकेकी छैनन् । एक हिसाबले त पछिल्लो पुस्ताका उदाएका नायिका शिल्पा मास्के, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतले उनको व्यस्ततालाई ओरालो लगाइदिए । भलै ती नायिकाहरु व्यस्त हुँदै गर्दा प्रियंका पनि व्यस्त नै छिन् ।

तर, दुःखको कुरा के हो भने प्रियंका कार्कीको करिअर पछिल्लो समय ओरालो लागेको लाग्यै छ । उनले अभिनय गरेका फिल्म पनि एकपछि अर्को गर्दै फ्लप भएका छन् । हलमा उनका फिल्म हेर्न दर्शक आउँदैनन् ।

केही हप्ताअघि रिलिज भएको फिल्म ‘प्रेम दिवस’ को हालत पनि उस्तै भयो । फिल्म आएको र गएको पत्तै भएन । न त प्रियंकाले उक्त फिल्मको खुलेर प्रचार गरिन् ।

हलमा फ्लप भइरहेकी प्रियंका सामाजिक सञ्जालमा भने हिट छिन् । त्यसो त उनले सामाजिक सञ्जालमा बिकिनी अवतारका तस्वीरहरु शेयर गर्ने गर्छिन् । कति फ्यानले उनको यो रुपको विरोध गरिरहे पनि प्रियंकाले आफ्ना सेक्सी तस्वीर शेयर गर्न भने छोड्दिनन् ।

कतिपयले भने फिल्मको यात्रा ओरालो लागेपछि चर्चामा आउन यस्ता तस्वीर शेयर गरेर दर्शकको ध्यान तान्न खोजेको अड्कल काट्दै आएका छन् । कतिले प्रियंकाले शेयर गर्ने ती तस्वीरले समाजमा समेत नकारात्मक असर पार्ने टिप्पणी गरेका छन् ।

जे होस्, कुनै समय नायिका रेखा थापाले पनि आफ्नो ग्ल्यामर रुप प्रस्तुत गरेर नम्बर वान नायिका बनेकी थिइन् । तर, अहिले रेखाको चर्चा झण्डै शून्यजस्तै छ । सोही बाटोमा हिँडेकी प्रियंकाको करिअर अब कसरी अगाडि बढ्दै जाला, त्यो एउटा प्रश्न रहला । तर, प्रियंकाले आफ्नो अभिनयमा सुधार ल्याउनुको साटो हट तस्वीरमा आफूलाई सीमित गर्नु भनेको एक हिसाबले क्षणिक चर्चामा रमाउनु नै हो भन्ने स्पष्ट छ ।

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : १५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा