ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय « Khabarhub

ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ ।

त्यसलैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । अस्वस्थ खानपान, निस्कृय जीवनशैलीले ब्लड प्रेसर बढ्न विशेष भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् । य

सको नियन्त्रण गर्न सकिएन भने हृदयघातका कारण मृत्यु हुने खतरा हुन्छ त्यसले गर्दा यसलाई नियन्त्रणका लागि औषधिको प्रयोग गर्नु पर्छ । तर ब्लड प्रेसर भएको छ भने औषधिको प्रयोग नगरि पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

यस्ता केही विधी यहाँ उल्लेख गरिएको छ ।

नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।

जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ ।

खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।

हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र यसमा रहेको भिटामिन सी रहन्छ ।

नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।

धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।

पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ  ।

हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।

संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ । यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।

एजेन्सी

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १ : ०६ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर