ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय « Khabarhub

ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ ।

त्यसलैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । अस्वस्थ खानपान, निस्कृय जीवनशैलीले ब्लड प्रेसर बढ्न विशेष भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् । य

सको नियन्त्रण गर्न सकिएन भने हृदयघातका कारण मृत्यु हुने खतरा हुन्छ त्यसले गर्दा यसलाई नियन्त्रणका लागि औषधिको प्रयोग गर्नु पर्छ । तर ब्लड प्रेसर भएको छ भने औषधिको प्रयोग नगरि पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

यस्ता केही विधी यहाँ उल्लेख गरिएको छ ।

नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।

जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ ।

खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।

हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र यसमा रहेको भिटामिन सी रहन्छ ।

नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।

धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।

पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ  ।

हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।

संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ । यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।

एजेन्सी

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १ : ०६ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि