दुर्गममा जाँदैनन् कर्मचारी, पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता « Khabarhub

दुर्गममा जाँदैनन् कर्मचारी, पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् ।

गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो ।

भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताए । “ एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”, वडासचिव लामाले भने, “एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।” अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । लामाका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा (वडासचिव र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । सो गाउँपालिकामा २७ जनाको दरबन्दी छ । तर पाँच जना मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ ।

पाँच जना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए । अध्यक्ष भोटेका अनुसार पाँच वडामा एक–एक र गाउँपालिका कार्यालयमा दुई गरी सात जना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ ।

“एक जना वडासचिवलाई कतितिर कुदाउने ?”, अध्यक्ष भोटेले भने। सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन छ ।

यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको अध्यक्ष भोटेले गुनासो गरे । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक रु चार हजारसमेत व्यवस्था गरेको छ ।

यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् । चीन र भारत जोड्ने छोटो मार्ग किमाथाङ्का–विराटनगर सडक सोही गाउँपालिका हुँदै जाने भए पनि समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ०१ बजे

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं