यसरी हेर्नुस्, एसईईको नतिजा « Khabarhub

यसरी हेर्नुस्, एसईईको नतिजा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केही समयमा प्रकाशन हुँदैछ ।

नतिजा प्रकाशन गर्नका लागि यतिवेला राष्ट्रिय परीक्षा बोर्डको बैठक शुरू भएको छ । दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक साढे २ बजे शुरु भएको छ । बैठक बसेसँगै नतिजा प्रकाशन हुने छ । गत वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।

एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ।

यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

यहाँ क्लिक गरेर एसईईको नतिजा हेर्नुस्

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ३ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन