सेवाग्राहीसँग दुई लाख घुस लिने कार्यालय प्रमुख श्रीवास्तवलाई सर्वसाधारणले दले कालोमोसो « Khabarhub

सेवाग्राहीसँग दुई लाख घुस लिने कार्यालय प्रमुख श्रीवास्तवलाई सर्वसाधारणले दले कालोमोसो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना घुस रकम सहित पक्राउ गरेको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजनल कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर–फारक गराई दिने प्रयोजनको लागि भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नालाई सेवाग्राहीसँग रू. दुई लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित कार्यकक्षबाट रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारले नियन्त्रणमा लिएपछि सेवाग्राहीले प्रमुख श्रीवास्तवलाई कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४९ बजे

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष

बाढीबाट प्रभावित बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ