उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता | Khabarhub Khabarhub

उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– उत्तर कोरिया भ्रमणमा रहेका एक अष्ट्रेलियन नागरिक बेपत्ता भएको परिवारले जनाएका छन् ।

पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले गत मंगलबारबाट बेपत्ता छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा गत मंगलबार सिग्लेसँग अन्तिम कुराकानी भएपनि बिहीबारसम्म उनीबारे केही जानकारी प्राप्त हुन नसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

उनका साथीहरुले उनी हराएको जानकारी गराएपनि उनलाई पक्राउ गरी बन्दी बनाइएको वा उनी कुनै समस्यामा परेकोबारे उत्तर कोरियाबाट कुनै जानकारी प्राप्त भइनसकेको पारिवारिक श्रोतले जनाएको छ ।

उनी उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत रहेको र सन् २०१२ यता नियमित रुपमा उत्तर कोरियाको भ्रमणमा जाने गरेको बताइएको छ ।

यद्यपि अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले भने उनलाई बन्दी बनाइएको जानकारी प्राप्त भएको जनाएको छ । यसबारे अष्ट्रेलियाको सरकारले उत्तर कोरियासँग आफ्ना नागरिकको अवस्थाबारे स्पष्टीकरण सोधेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले विदेशी बन्दीलाई निकै प्रताडित बनाउने गरेको बताइन्छ । उत्तर कोरियाले बन्दी बनाएका अमेरिकी नागरिक ओटो वार्मबियरको सन् २०१७ मा मृत्यु भएपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै चिसिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ५८ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको