उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता | Khabarhub Khabarhub

उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– उत्तर कोरिया भ्रमणमा रहेका एक अष्ट्रेलियन नागरिक बेपत्ता भएको परिवारले जनाएका छन् ।

पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले गत मंगलबारबाट बेपत्ता छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा गत मंगलबार सिग्लेसँग अन्तिम कुराकानी भएपनि बिहीबारसम्म उनीबारे केही जानकारी प्राप्त हुन नसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

उनका साथीहरुले उनी हराएको जानकारी गराएपनि उनलाई पक्राउ गरी बन्दी बनाइएको वा उनी कुनै समस्यामा परेकोबारे उत्तर कोरियाबाट कुनै जानकारी प्राप्त भइनसकेको पारिवारिक श्रोतले जनाएको छ ।

उनी उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत रहेको र सन् २०१२ यता नियमित रुपमा उत्तर कोरियाको भ्रमणमा जाने गरेको बताइएको छ ।

यद्यपि अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले भने उनलाई बन्दी बनाइएको जानकारी प्राप्त भएको जनाएको छ । यसबारे अष्ट्रेलियाको सरकारले उत्तर कोरियासँग आफ्ना नागरिकको अवस्थाबारे स्पष्टीकरण सोधेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले विदेशी बन्दीलाई निकै प्रताडित बनाउने गरेको बताइन्छ । उत्तर कोरियाले बन्दी बनाएका अमेरिकी नागरिक ओटो वार्मबियरको सन् २०१७ मा मृत्यु भएपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै चिसिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ५८ बजे

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने

काठमाडौं – मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने

भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ

काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा.

दाङका थारु बस्तीमा माघीको चहलपहल 

देउखुरी– माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको

अंग्रेजी वर्ष २०२४ लाई फर्केर हेर्दा देशभर के के भयो ? (तस्बिरहरू)

काठमाडौं- आज (जनवरी १) देखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन्

अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै

एजेन्सी– यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा