भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण | Khabarhub Khabarhub

भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– भारतको मुम्बईबाट अमेरिकाको नेवार्क शहरका लागि उडेको भारतीय विमानमा बम रहेको हल्ला फैलिएपछि बेलायतमा आकस्मिक अवतरण गरिएको छ ।

एअर इण्डियाको फ्लाइट एआई १९१ लण्डन स्टान्स्टेड विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । बेलायती अधिकारीका अनुसार एअर इण्डियाको बोइङ ७७७–३३७ विमानमा बम रहेको हल्ला फैलेपछि बेलायती सेनाको टाइफुन लडाकु विमानले स्कर्ट गरी लण्डन स्टान्स्टेड विमानस्थलमा अवतरण गरिएको थियो ।

उक्त विमान उडेपछि मुम्बई विमानस्थलमा एकजनाले विमानमा बम रहेको हल्ला फैलाएपछि आतंक मच्चिएको थियो । पछि विमानमा कुनै बम नभएको पुष्टि भएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : २७ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी