भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण | Khabarhub Khabarhub

भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– भारतको मुम्बईबाट अमेरिकाको नेवार्क शहरका लागि उडेको भारतीय विमानमा बम रहेको हल्ला फैलिएपछि बेलायतमा आकस्मिक अवतरण गरिएको छ ।

एअर इण्डियाको फ्लाइट एआई १९१ लण्डन स्टान्स्टेड विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । बेलायती अधिकारीका अनुसार एअर इण्डियाको बोइङ ७७७–३३७ विमानमा बम रहेको हल्ला फैलेपछि बेलायती सेनाको टाइफुन लडाकु विमानले स्कर्ट गरी लण्डन स्टान्स्टेड विमानस्थलमा अवतरण गरिएको थियो ।

उक्त विमान उडेपछि मुम्बई विमानस्थलमा एकजनाले विमानमा बम रहेको हल्ला फैलाएपछि आतंक मच्चिएको थियो । पछि विमानमा कुनै बम नभएको पुष्टि भएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : २७ बजे

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर

काठमाडौं- बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट