मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग « Khabarhub

मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशसभाको आज (बिहीबार)को बैठकमा बोल्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री कार्यालयका लागि विनियोजित बजेट कटौती गर्न माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै उनीहरुले पूर्वाधार विकासका कार्यक्रम सबै मुख्यमन्त्री कार्यालयअन्तर्गत नराख्न माग गरे ।

प्रदेश सरकारले आगामी आवको बजेटमा मुख्यमन्त्री कार्यालयलाई चालू आवको तुलनामा झण्डै पाँच गुणा बजेट छुट्याएको छ । चालू आवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ९५ करोड ७१ लाख ३९ हजार बजेट विनियोजन गरिएको थियो । यो कूल बजेटको ३.३८ प्रतिशत हो । आगामी आवको बजेटमा भने मुख्यमन्त्री कार्यालयलाई १५.३७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेशसभा सदस्यले बजेटको ठूलो हिस्सा मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालयमै राखिएकामा आपत्ति जनाए । प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय खारेज गर्न माग गरे ।

प्रदेशसभा सदस्य दानसिंह परियारले विषयगत मन्त्रालयलाई ओझेलमा पार्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालयले बजेट केन्द्रित गरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ३४ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको