मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग « Khabarhub

मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशसभाको आज (बिहीबार)को बैठकमा बोल्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री कार्यालयका लागि विनियोजित बजेट कटौती गर्न माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै उनीहरुले पूर्वाधार विकासका कार्यक्रम सबै मुख्यमन्त्री कार्यालयअन्तर्गत नराख्न माग गरे ।

प्रदेश सरकारले आगामी आवको बजेटमा मुख्यमन्त्री कार्यालयलाई चालू आवको तुलनामा झण्डै पाँच गुणा बजेट छुट्याएको छ । चालू आवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ९५ करोड ७१ लाख ३९ हजार बजेट विनियोजन गरिएको थियो । यो कूल बजेटको ३.३८ प्रतिशत हो । आगामी आवको बजेटमा भने मुख्यमन्त्री कार्यालयलाई १५.३७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेशसभा सदस्यले बजेटको ठूलो हिस्सा मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालयमै राखिएकामा आपत्ति जनाए । प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय खारेज गर्न माग गरे ।

प्रदेशसभा सदस्य दानसिंह परियारले विषयगत मन्त्रालयलाई ओझेलमा पार्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालयले बजेट केन्द्रित गरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ३४ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस