‘आप्पा’ को प्रिमियरमा को को पुगे ? « Khabarhub

‘आप्पा’ को प्रिमियरमा को को पुगे ?


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को प्रिमियरमा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति देखिएको छ । बिहीवार राजधानीको जय नेपाल हलमा गरिएको प्रिमियरमा फिल्मका शीर्ष कलाकारसहित चर्चित कलाकारको उपस्थिति रह्यो ।

प्रिमियरमा अभिनेता सुनील थापा, सीताराम कट्टेल, नायिका उपासना सिंह ठकुरी, एलिसा राई, वर्षा राउत, फिल्मका शीर्ष अभिनेता दयाहाङ राई, र्‍यापर समीर घिसिङ, कलाकार अरुणा रेग्मी, विल्सन विक्रम राई लगायत उपस्थित थिए ।

यस्तै कार्यक्रममा दयाहाङ राई आफ्नी पत्नी र छोराका साथ फिल्म हेर्न पुगेका थिए । फिल्ममा दयाहाङ राईले बाबुको भूमिका निभाएका छन् ।

प्रिमियरमा आएकी पूर्व मिस नेपाल शृङ्खला खतिवडाले भिजिट नेपालको नारालाई प्रचार गर्न आग्रह गरिन् । निर्धारित समयभन्दा केही ढिलो शुरु भएको प्रिमियरमा अन्य कलाकारको पनि उपस्थिति रहेको थियो ।

प्रिमियरमा फिल्मका शीर्ष कलाकार सिद्धार्थ राज तामाङ र एलोना काबो लेप्चा मुख्य आकर्षक थिए । अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म भोलि शुक्रवारदेखि नेपाल र भारतमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १० : २१ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका