मोटो शरीर घटाउने अचुक उपाय-पुदिनाको चिया « Khabarhub

मोटो शरीर घटाउने अचुक उपाय-पुदिनाको चिया


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

साताभरिको कामलाई बिश्राम लगाएर आराम गर्ने दिन आज शनिबार । तपाईंलाई आफ्नो मोटो शरीरले अलिअलि चिन्ता दिएको होला । तर थोरै सावधानी अपनाउनुभयो भने मोटोपनको समस्या चाँडै टाढा भाग्नेछ ।

त्यसका लागि तपाईंले केही दिन नियमित रुपमा दिनचर्या परिवर्तन गर्नुपर्छ । बिहान अबेरसम्म सुत्ने गर्नुभएको छ भने अलि चाँडो उठ्नुहोस । अनि पुदिनाको चियाबाट दिनको सुरुवात गर्नुहोस् ।

अचारको रूपमा धेरै जसो उपभोग गरिने पुदिनामा धेरै औषधीय गुणहरु समेत भएको हुन्छ । पेरिलिन, अल्कोहल र भिटामिन ’ए’ प्रसस्त मात्रामा पाइने हुदा पुदिनाले हाम्रो स्वास्थ्यमा धेरै जस्तो फाइदा गर्ने बुझिएको छ । पुदिनामा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । शरीरभित्र भएको ब्याक्टेरियाको वृद्धिलाइ रोकेर हाम्रो शरीरलाई धेरै रोग लग्नबाट पुदिनाले हामीलाई बचाउने गर्छ ।

पुदिनाको पातलाई पिसेर त्यसको लेप अनुहार तथा शरीरमा भएको घाउ, खटिरा, एलर्जी, दागहरुमा लगाउने गर्दा घाउ, खटिरा, दाग, धब्बा निको हुनुका साथै मुहार सफा र चम्किलो पनि हुन्छ । साथै यसको पात पिसेर टाउको दुखेको बेलामा निधारमा लगाएमा यसले सितलता प्रदान गरेर टाउको दुख्ने समस्याबाट पनि आराम पाइन्छ ।

निकै बाडुल्की लागेमा वा सास गनाउने समयसा भएमा पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउने गर्दा यस्तो समस्या हटाएर जान्छ ।

ज्वरो तथा रुघाखोकी लागेको बेला पुदिनाको पातलाई पानीमा उमालेर यसको रसको सेवन गर्दा फोक्सोमा जम्मा भएको कफ बाहिर निकालेर ज्वरो तथा रुघा समेत ठीक भएर जान्छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ ।

पुदिनाको चिया पिउने गर्दा यसले हाम्रो मोटो शरीरलाई निकै फाइदा पुग्ने हुन्छ । पानीमा २ ठुलो वोटा पुदीनाको पात वा पुदिनको पातको धुलो हालेर १५ मिनेटसम्म उमाले पछि स्वाद अनुसार मह हाल्दा हाम्रो पुदिनाको चिया तयार हुन्छ । पुदिनाको चियाले शरीरलाई स्वस्थ्य राख्नुका साथै अनावश्यक तौल घटाउन पनि मद्दत गर्छ । पुदीनाको चियाले हाम्रो खानालाई छिट्टै पचाएर पेट सफा राख्छ ।

शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले शरीरको बोसो पग्लेर तौल विस्तारै आफै कम हुदै जान्छ । साथै यसको तेज बास्नाले भोकमा नियन्त्रण गर्नुका साथै गुलियो खाने इच्छा कम गर्छ । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई पनि सन्तुलनमा राख्नुका साथै हाम्रो रक्तचापलाई नियन्त्रणमा राखेर हामीलाई रोगहरुबाट टाढा राख्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : ३७ बजे

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको

साउदीमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू