फिलिपिन्समा शक्तिशाली भूकम्प : ८ को मृत्यु, ६० बढी घाइते | Khabarhub Khabarhub

फिलिपिन्समा शक्तिशाली भूकम्प : ८ को मृत्यु, ६० बढी घाइते


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् । ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको हो ।

शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५. ४ र ५. ९ म्याग्निट्युडको भूकम्प गएको हो। उक्त प्रान्तमा कैयौँ टापु छन्। मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका छन्।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।

एकजना प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई भने, “मैले घरहरू हल्लिरहेको देखेँ। केही घरका पर्खाल ढले र मानिसहरू च्यापिए।”

“बिहानको मीठो निद्रामा भएकाले भाग्न नपाएर केही मानिसहरूले ज्यान गुमाए।” फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका तस्वीरहरूमा घरहरू भग्नावशेषमा परिणत भएको देखिन्छ।

फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्छ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : १४ बजे

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा– रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारिसाधन दोलखा हुँदै जाने चापलाई