विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर « Khabarhub

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर प्रतिस्थापनलाई सहज बनाउन ५० हजार वटा विद्युत् मिटर प्राप्त भइसकेको जनाएको छ । प्राधिकरणका अनुसार, प्राप्त सबै मिटर देशका सातै प्रदेशमा पठाइसकिएको छ ।

नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई आफू नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न अनुरोध गरेको छ ।

लामो समयदेखि विभिन्न स्थानमा नयाँ मिटरको अभावका कारण विद्युत् जडान तथा मिटर प्रतिस्थापनमा ढिलाइ भइरहेको थियो । ठूलो संख्यामा मिटर उपलब्ध भएसँगै सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले सेवाग्राहीलाई तोकिएको प्रक्रिया पूरा गरी समयमै निवेदन दर्ता गर्न आग्रह गरेको छ । नयाँ मिटर जडानको कार्य सम्बन्धित कार्यालयमार्फत क्रमशः अघि बढाइने जनाएको छ ।

प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ । विद्युत् सेवा थप गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक पहल निरन्तर जारी रहने जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ५५ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले