आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई ७ विकेटले हरायो « Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई ७ विकेटले हरायो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आज (शनिबार) बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे ।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए ।

यस्तै शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेलले अविजित ६ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । कुवेत ४ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : १९ बजे

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता