वाग्मतीसहित उपत्यकाका विभिन्न स्थानमा सफाइ अभियान, थुप्रिएका फोहोर उठ्न सकेनन् « Khabarhub

वाग्मतीसहित उपत्यकाका विभिन्न स्थानमा सफाइ अभियान, थुप्रिएका फोहोर उठ्न सकेनन्


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहोर उठ्न सकेको छैन ।

वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहोर उठाए पनि तीन मेट्रिक टन फोहोर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताए ।

फोहोर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहोर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६ सयभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो । सो अवसरमा समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ अभियानलाई अझ रचनात्मक रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

रुद्रमती सफाइ अभियानको २७८ औँ हप्तामा रुद्रपनेकु झोलुङ्गे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमा सफाइ गरियो । सफाइका क्रममा नदी किनारमा जम्मा भएको दुई क्विन्टल फोहोर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए ।

सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो ।

वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए। सफाइमा १ सय जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ ।

चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गङ्गाहलबाट बालाजुचोकसम्म १०२ औँ हप्ताको सफाइ गरियो । यस क्षेत्रको चक्रपथमा धेरै फोहोर जम्मा भएको भेटिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए । करीब २ सयजना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट पाँच टन फोहोर व्यवस्थापन गरियो । सफाइमा सांसद रामवीर मानन्धर पनि सहभागि भएका थिए ।

मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्था सहित टोलवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  २ : २७ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट