डा कोजुको संघर्ष : मकै भटमास खाएर डाक्टर! « Khabarhub

डा कोजुको संघर्ष : मकै भटमास खाएर डाक्टर!


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘चाहना र लगाव हुनुपर्छ असम्भव कुरा केही पनि हुँदैन’ यो भनाइ काठमाडौं विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा राजेन्द्र कोजुको जीवनमा मेल खान्छ ।

एसएलसी पास गरेर काठमाडौंमा विज्ञान पढ्न आउँदा कुनै समय डा कोजुलाई भर्ना लिने शिक्षकले नै भनेका थिए,‘धुलिखेलका मान्छेले त पसल पो खोल्ने हो, किन साइन्स पढ्न आएको ?’

शिक्षकले मात्रै होइन । उनीभन्दा माथिल्ला कक्षाका सिनियरहरु र अन्य मानिसले पनि पनि भन्थे ‘मकै भटमास खानेले साइन्स पढ्न सकिदैन किन आएको ?’

डाक्टर बन्ने सपना लिएर विज्ञान पढ्न अमृत साइन्स कलेज पुगेको पहिलो दिन नै भोग्नु परेको यस्तो व्यवहारले कोजुको मनमा चिसो पस्यो । कोजुले अग्रज र शिक्षककै व्यवहारलाई वेवास्ता गर्दै आफ्नो मेडिकल शिक्षाको यात्रा शुरु गरे र उनीहरुको भनाइलाई गलत सावित पनि गरेर देखाए ।

‘साइन्स पढ्न काठमाडौं जाँदा मलाई मानिसहरुले भन्थे, ‘गाउँमा मकै भटमास खानेले पनि साइन्स पढेर डाक्टर बन्न सक्छ र ?’

डा कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिनको रुपमा कार्यरत छन् ।

‘साइन्स पढ्न काठमाडौं जाँदा मलाई मानिसहरुले भन्थे, ‘गाउँमा मकै भटमास खानेले पनि साइन्स पढेर डाक्टर बन्न सक्छ र ?’ डा कोजुले स्मरण गरे, ‘त्यतिबेला म सानै थिएँ, केही पनि भनिन तर अहिले उहाँहरुको भनाइलाई गलत सावित पनि गरेर देखाए, खानेकुराले पढ्ने होइन ।’

गुच्चा खेल्दाखेल्दै स्कुल पुग्न ढिला !

२०२५ साल वैशाखमा काभ्रको धुलिखेलमा जन्मिएका कोजुले काभ्रेमै बाल्यकाल र प्रारम्भिक शिक्षा पुरा गरे । धुलिखेलकै सन्जिवनी स्कुलमा ३ कक्षासम्म पढेका कोजुले ४ कक्षादेखि १० कक्षासम्म सन्जिवनी उच्च माविमा पढे । उनले २०३९ सालमा प्रथम श्रेणीमा एसएससी पास गरे । डा कोजु बाल्यकालमा साथीभाइसँग गुच्चा निकै खेल्थे । गुच्चा खेल्न जाँदा साथीसँग बोलचाल बन्द भएको र स्कुल जानै ढिला भएको उनलाई अझै याद छ ।

‘बाल्यकालको सम्झदा रमाइलो लाग्छ, बाल्यकालमा निकै गुच्चा खेलिन्थ्यो, गुच्चा खेल्दा मैले हारेको याद छैन,’ डा कोजुले बाल्यकाल सम्झिए, ‘साथीहरुलाई धेरै हराएको छु, मैले धेरै जित्दा साथीहरुसँग झगडा परेर केहीदिन नबोल्ने पनि गरीन्थ्यो ।’

स्कुल जानै ढिला हुनेगरी गुच्चा खेल्दा सरलाई देखेर भागेको घटना पनि उनको स्मरणमा अझै ताजा छ ।

‘एकदिन त गुच्चा धेरैबेर खेलिएछ, स्कुल जान ढिला भइसकेछ, अंग्रेजी पढाउने सर स्कुल तर्फ आउँदै गरेको देखें, सरलाई देखेपछि गुच्चा खेल्दाखेल्दै भागेको खुबै याद आउँछ,’ डा कोजुले हाँस्दै भने, ‘यस्तो बाल्यकाल सायद सबैको छ होला ।’

बिरामी बाबुको सपना पूरा गर्न हेल्थ असिस्टेन्ट

कोजुले ठूलो भएपछि के बन्ने ? के पढ्ने ? भनेर सोचेका थिएनन् । कोजुलाई उनका बुबाले भने हेल्थ असिस्टेन्स बनाउने सपना बुनेका थिए । कोजुका बाबु मिर्गौलाका बिरामी थिए । तर त्यतिबेला हेल्थ असिस्टेन्टको पढाइ हुँदैन थियो । त्यसैले एसएलसी पछि कोजु अमृत साइन्स क्याम्पसमा आइएसी पढ्न भर्ना भए ।

२०४० सालमा अमृत साइन्स क्याम्पसमा आइएसी गर्दैगर्दा उनका बुबा मिर्गौला रोगले सिकिस्त बने । वीर अस्पतालमा भर्ना भएर बस्दा समेत कोजुलाई बाबुले हेल्थ असिस्टेन्ट पढ्न आग्रह गरे । २०४१ सालमा महाराजगञ्जमा हेल्थ असिस्टेन्टको कोर्ष पनि खुल्यो । अन्तत: कोजुले बिरामी बाबुको सपना पुरा गर्न साइन्सको पढाइ छाडेर हेल्थ असिस्टेन्ट पढ्न महाराजगञ्ज हेल्थ इन्टिच्युट अफ मेडिसिनमा भर्ना भए ।

कोजुले हेल्थ असिस्टेन्ट बनेर काम गर्न नपाउँदै हेल्थ असिस्टेन्ट पढेको पहिलो वर्षमै बाबुको मृत्यु भयो । उनले स्वर्गवास भएका बाबुको सपना पुरा गर्न २०४४ सालमा हेल्थ असिस्टेन्टको पढाइ सकेर काम गर्न शुरु गरे ।

कोजुले २०४४ सालदेखि २०४६ सालसम्म सेभ द चिल्डेन नामक गैर सरकारी संस्था अन्तर्गत बाग्लुङ्गमा रहेर हेल्थ असिस्टेन्टको रुपमा काम गरे । उनले बाग्लुङ्गमा रहँदा मातृशिशू स्वास्थ्यको विषयमा काम गरे ।

दुईवर्ष हेल्थ असिस्टेन्टको काम गरेपछि २०४६ सालमा महाराजगञ्जको इन्स्टिच्युट अफ मेडिकल साइन्समा उनले एमबीबीएसको पढाइ शुरु गरे । २०५१ सालमा एमबीबीएसको पढाइ सकेर एकवर्ष त्यही इन्टर्नसिप गरे ।

२०५३ सालदेखि धुलिखेल अस्पतालमा 

२०५२ सालमा इन्टर्नसिप सक्किएपछि उनले लोकसेवा तयारी गरेर मेडिकल अफिसरको परीक्षा पास गरे । सरकारी जागिरमा नाम निस्किएपछि उनको रुकुममा पोष्टिङ भएको थियो । तर डा कोजु रुकुम गएनन् ।

२०५२ सालमा धुलिखेलमा डाक्टर रामकण्ठ माकजुले काठमाडौं विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सको स्थापना गर्ने उदेश्यले काम गरीरहेका थिए । डा कोजु पनि घरमा पुगेको बेला डा माकजुसँग भेटिरहन्थें । सोही क्रममा डा माकजुले कोजुलाई धुलिखेल अस्पतालमा काम गर्न अफर गरे ।

उनले डा माकजुको अफरलाई केही पनि नसोची हुन्छ भनिदिए र सरकारी जागिरमा पोस्टिङ भएको रुकुममा काम गर्न समेत गएनन् । त्येतिबेला धुलिखेल अहिलेजस्तो विकसित थिएन ।

आफुसँगै एमबीबीएस बढेका साथीहरु राजधानी र अमेरीका जाने सोच्दै गर्दा डा कोजु भने भएको जागिर समेत छाडेर गाउँ फर्किदाँ आफन्त र परिवार अचम्ति भए ।

‘म अहिले काठमाडौं विश्व विद्यालयको डिनको जिम्मेवारीमा छुँ, तर मलाई डिनको जिम्मेवारी भन्दा पनि बिरामीहरु मलाई खोज्दै अस्पतालमा आउँदा बढी खुसी लाग्छ’ डा कोजु भन्छन्

स्थापना नै नभएको अस्पतालमा काम गर्ने भनेर सरकारी जागिर छाडेर बस्दा घरमा पत्निसँग केही दिन बोलचाल नै बन्द भएको उनले सुनाए । तर उनले पत्निलाई केहीदिन रिसाउँनै दिएर भएपनि आफ्नो योजना परिवर्तन गरेनन् ।

‘त्यतिबेला सरकारी जागिरमा नाम निकालेर पनि खुल्दै नखुलेको अस्पतालमा त्यो पनि गाउँमा बस्छु भन्दा आफन्त र घरमा पत्नी पनि रिसाएकी थिइन्,’ डा कोजुले भने, ‘तर मलाई जन्मभूमिको मायाले तान्यो, मैले जागिर नै छाडेर धुलिखेलमै काम गर्ने भनेर बसें । मेरो आमा यही हुनुहुन्थ्यो सायद मलाई आमाको काखमा आउने संयोग थियो ।’

धुलिखेल अस्पतालमा मेडिकल अफिसर हुँदै डिनसम्मको यात्रा 

२०५२ सालमा कोजुले धुलिखेल अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्न शुरु गरे । जतिबेला एमबीबीएस गरेका चिकित्सक धुलिखेल अस्पतालमा दुईजना मात्रै थिए । डा कोजुको टिम अस्पताल संचालन सँगै काठमाडौं विश्वविद्यालय स्थापनाका लागि पनि खटिन्थे । साढे ३ वर्षसम्म मेडिकल अफिसरको रुपमा काम गरेर अस्पताललाई व्यवस्थित गरेपछि कोजु एमडी पढ्नका लागि बंगलादेश गए ।

२०५६ सालमा मुटुरोगको विषयमा अध्ययनका लागी बंगलादेश गएका डा कोजु २०५९ सालमा नेपाल फर्किए । बंगलादेशबाट मुटु रोग विशेषज्ञ चिकित्सक भएर फर्किपछि डा कोजुलाई डा भगवान् कोइराला लगायतले गंगालाल अस्पतालमा काम गर्न अफर गरेका थिए । तर उनले आफ्नै गाउँमा काम गर्ने भनेर फेरि धुलिखेल अस्पतालमा मुटुरोग विशेषज्ञ र क्लिनीकल कोअर्डिनेटरको रुपमा काम शुरु गरे ।

डा कोजुले धुलिखेलमा हजारौं मुटुरोगका बिरामीको उपचार गरे । डा कोजुले सन् २००७ देखि सन् २०१७ सम्म अस्पतालका निर्देशकको रुपमा कार्य गरे । सन् २०१७ देखि हालसम्म उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिनको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन् ।

काठमाडौं विश्वविद्यालयको डिनको रुपमा जिम्मेवारी सम्हाले पनि उनलाई अस्पताल व्यवस्थापन भन्दा पनि बिरामीको उपचार गर्न पाउँदा खुसी लाग्छ ।

‘म अहिले काठमाडौं विश्व विद्यालयको डिनको जिम्मेवारीमा छुँ, तर मलाई डिनको जिम्मेवारी भन्दा पनि बिरामीहरु मलाई खोज्दै अस्पतालमा आउँदा बढी खुसी लाग्छ’ डा कोजु भन्छन्, ‘अहिले मिटिङ तथा अन्य व्यवस्थापकीय कामले गर्दा धेरै बिरामीको उपचार गर्न भ्याउदिन । तर, मलाई बिरामीको उपचार गर्न पाउँदा खुसी लाग्छ ।’

मुटुरोगी ढिला उपचारमा आउँदा दुःख लाग्छ

सामान्य किसिमका मुटुरोगका बिरामीहरु अझैपनि उपचार गर्न समयमा अस्पताल नआउने समस्या रहको डा कोजु बताउँछन् । उपचारपछि निको हुने सामान्य रोगमा पनि ढिला उपचारमा आउदा बिरामीको जटिल अवस्था देखेर दुःख लाग्ने डा कोजुले बताए । यस्तै गरीब बिरामीको अवस्था देखेर पनि उनको मन कुडिन्छ ।

‘समयमै रोकथाम गर्न मिल्ने मुटुरोगका बिरामी समयमा अस्पताल आइपुग्दैनन्, ढिला आउँदा उनीहरुको अवस्था जटिल भइसकेको हुन्छ, अस्पतालमा आउने धेरै बिरामीहरु अति नै गरीब पनि हुन्छन्, डा कोजु भन्छन्, ‘यदि त्यो बिरामी समयमै अस्पताल आउने हो भने छिट्टै निको हुन्थे भन्ने लाग्छ, यदि त्यो व्यक्ति गरीब नहुने हो भने रोग लिएर बस्दैन थियो होला ? समयमै अस्पताल आउथ्यो कि जस्तो लाग्छ ।’

मेडिकल शिक्षालाई सुर्धाने योजना

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन र धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ समेत रहेका डा कोजुको योजना अस्पतालको सेवा र मेडिकल शिक्षालाई गुणस्तरिय बनाउने छ ।

‘मेरो योजना मेडिकल शिक्षाको सुधार गर्ने, सेवामा गुणस्तरियता स्तरीयता र सबैको पहुँचमा पुर्‍याउने कोशिस गरीरहन्छु’ डा कोजुले सुनाए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : १२ बजे

दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

काठमाडौँ- दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

काठमाडौँ- स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर

गठबन्धनकै सरकार बन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ- रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर