भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद « Khabarhub

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । 

सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो । 

सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका ४१ लाख ३२ हजार २२४ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

खानतलासी गर्दा २३ लाख ३२ हजार रुपैयाँ बराबरको ५३ बोरा खरबुजाको बीउ, पाँच लाख ७० हजार २४० रुपैयाँ मूल्य बराबरको ४४ कार्टुन कोलगेट, ११ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको २२७ बोरा ओखर, ९५ हजार रुपैयाँ मूल्य बराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।  

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ । 
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : ०३ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः