समुद्रमा तैरने घर बनाएर बस्छन् चीनमा टङ्का जातीका मानिस « Khabarhub

समुद्रमा तैरने घर बनाएर बस्छन् चीनमा टङ्का जातीका मानिस


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा मानिसहरु सामान्यतः जमिनमा घर बनाएर बसोबास गर्छन् ।

जमिनमा नै मानिसहरुको जीवन बित्छ । जमिनभन्दा बाहिर मानिसको जीवन अकल्पनीय छ । तर, दक्षिणी चीनमा त्यस्तो जाति छ, जो सयौं वर्षदेखि समुद्रमा बसोबास गर्दै आइरहेको छ ।

त्यो जाति हो, टङ्का । परम्परागत रुपमा माछा मारेर जीवन निर्वाह गर्ने टङ्का जाति समुद्रमा तैरिने घर बनाएर बसोबास गर्दै आएको छ । उनीहरु चीनको झेजियाङ, हाइनान, फुजियान, गुआङ्डोङ, गुआङ्सी, मकोउ, हङ्कङ र उत्तरी भियतनामको तटपारी समुद्रमा तैरिने घरहरु बनाएर बसोबास गर्दै आएका छन् ।

मूलधारका हान चिनियाँ जातीभन्दा फरक रहेका उनीहरु विगत १३ सय वर्षदेखि समुद्रमा तैरिने घर बनाएर बसोबास गरिरहेका हुन् । आठौं शताब्दीमा तत्कालिन ताङ वंशको शासनबाट प्रताडित भएका कारण उनीहरु समुद्रमा पुगेको विश्वास गरिन्छ ।

सोही कारण उनीहरुको सँस्कृति मूलधारको चिनियाँ संस्कृतिभन्दा भिन्न छ ।

यी जातिको जनसङ्ख्या करिब ५० लाख हाराहारीमा छ । उनीहरुले समुद्रमै तैरिने शहर समेत बनाएका छन् ।

सामाजिक रुपमा पछि परेका कारण उनीहरुलाई समुद्रका जिप्सी पनि भन्ने गरिन्छ ।

पछिल्ला केही दशकयता पछिल्लो पुस्ताका टङ्काहरु चीनको तटीय क्षेत्रमा जमिनमै घर बनाएर बसोबास गरिरहेपनि पुराना पुस्ताका टङ्काहरु अझै पनि समुद्रमा तैरिने घरमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : २१ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको