माइला लामालाई रिहा गर्न विप्लवको चेतावनी, आन्दोलनको घोषणा « Khabarhub

माइला लामालाई रिहा गर्न विप्लवको चेतावनी, आन्दोलनको घोषणा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माइला लामाको तत्काल रिहाइको माग गरेको छ ।

शनिवार(आज) एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले पार्टीका उपत्यका व्यूरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालाई गिरफ्तार गरिएको प्रति न्दिा र घोर भत्र्सना गर्दै उनको रिहाइको माग गरेका हुन् ।

विज्ञप्तिमा देश राजनीतिक संकटतिर झनझन् फस्दै गएको उल्लेख गर्दै भनिएको छ‘ हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नाङ्गिएको र संकटमा परेको छ ।’

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकार संकटमा परेपछि वार्ताको हल्ला गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन, ।’

विप्लव समूहले सरकारी दमन, षड्यन्त्र र हत्या बन्दा गर्न चेतावनीसहित संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले जनप्रतिरोध र जनकारवाही, मसाल जुलुससहित बागमती, नारयणी र जनकपुर(रामेछाप र दोलखा जिल्ला) साउन १५ गते बन्द गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ३७ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ