माइला लामालाई रिहा गर्न विप्लवको चेतावनी, आन्दोलनको घोषणा | Khabarhub Khabarhub

माइला लामालाई रिहा गर्न विप्लवको चेतावनी, आन्दोलनको घोषणा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माइला लामाको तत्काल रिहाइको माग गरेको छ ।

शनिवार(आज) एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले पार्टीका उपत्यका व्यूरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालाई गिरफ्तार गरिएको प्रति न्दिा र घोर भत्र्सना गर्दै उनको रिहाइको माग गरेका हुन् ।

विज्ञप्तिमा देश राजनीतिक संकटतिर झनझन् फस्दै गएको उल्लेख गर्दै भनिएको छ‘ हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नाङ्गिएको र संकटमा परेको छ ।’

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकार संकटमा परेपछि वार्ताको हल्ला गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन, ।’

विप्लव समूहले सरकारी दमन, षड्यन्त्र र हत्या बन्दा गर्न चेतावनीसहित संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले जनप्रतिरोध र जनकारवाही, मसाल जुलुससहित बागमती, नारयणी र जनकपुर(रामेछाप र दोलखा जिल्ला) साउन १५ गते बन्द गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ३७ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक