विश्व स्काउट जेम्बोरीमा फहराइयो नेपालको झण्डा « Khabarhub

विश्व स्काउट जेम्बोरीमा फहराइयो नेपालको झण्डा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे ।

लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्यूजियममा राखिने जनाइएको छ ।

समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए । उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघि शुरु गरेको स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए ।

कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गरेको लुइँटेलले बताए ।

पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।

लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन् ।

अनिशको नाममा छात्रवृत्ति

नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा छात्रवृत्ति समेत घोषणा गरिएको छ । ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ । लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए । संस्थाको ‘फन्ड रेजिङ’ कार्यक्रममा पनि उनले मन्तव्य राखेका थिए ।

सोही अवसरमा आगामी दिनमा विश्व स्काउटको आधिकारिक पर्वतारोही भएर अनिशले ७ वटा महादेशको ७ वटै हिमाल आरोहण गर्ने पनि घोषणा गरिएको छ । विश्व स्काउटका अध्यक्ष क्राइग टर्पीले पनि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै पर्यावरणको रक्षा र दिगो विकासका लागि चेतना फैलाउने उद्देश्यले अनिशले यो चुनौति लिएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘लुइँटेल स्काउटका एक च्याम्पियन हुन् ।’

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : ३६ बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि