‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’ « Khabarhub

‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहो¥याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ ।

शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाले जनताको जनजीविकासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा जनतासँगै रहेर विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवद्र्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

भेलामा देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ४७ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा