‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’ | Khabarhub Khabarhub

‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहो¥याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ ।

शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाले जनताको जनजीविकासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा जनतासँगै रहेर विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवद्र्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

भेलामा देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ४७ बजे

विद्युत् खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौँ : अर्थमन्त्री पौडेल

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले विद्युत्को खपत बढाउनको लागि ईभीको करलाई

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी

चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा

चितवन– यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका

‘नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ’

काठमाडौं – राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक

स्वस्तिक लघुवित्तको आईपीओ खुला

काठमाडौं– स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार