हुम्लामा एक वर्षपछि पुग्यो चामल | Khabarhub Khabarhub

हुम्लामा एक वर्षपछि पुग्यो चामल


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ ।

काठमाडौं, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ ।

हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडाँैबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा १०५ रुपैयाँ पर्ने गरेको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफैं काठमाडौंबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पुर्‍याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताए ।

काठमाडौं केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उनले जानकारी दिनुभयो । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : १५ बजे

यूएईमा अभ्यास गर्दै नेपाली क्रिकेट टिम : वेस्ट इन्डिजसँग भिड्ने तयारी

काठमाडौं – वेस्ट इन्डिजसँग भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

बागलुङ– यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादशैँलाई लक्षित गरी कम

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

गुल्मी– गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु

जमराबिना दशैँ मनाउने अनौठो परम्परा

बागलुङ– बडादशैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल