हङकङबासीले बनाइदिए शौचालय « Khabarhub

हङकङबासीले बनाइदिए शौचालय


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तापल्लेजु- हङकङमा बसोबास गर्दै आएका ताप्लेजुका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् ।

२८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको थियो ।

फुङलिङमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधारणलाई समेत समस्या हुँदै आएको थियो । आफ्नो जन्मथलोको मुख्यबजारमा सार्वजनिक शौचालय नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै शौचालय निर्माणमा आफूहरु जुटेको समाजका उपाध्यक्ष लोकेन्द्र आङवुहाङले बताए ।

शौचालयको उद्घाटन गर्दै नगरप्रमुख छत्रपति प्याकुरेलले समाजलाई धन्वयाद दिए । अब चाँडै कर्मचारी राखेर शौचालयको व्यवस्थापन गरिने उनको भनाइ छ । सार्वजानिक शौचालय नहुँदा यहाँ आउने पर्यटक एवं सर्वसाधारणले शौच गर्नुपरे होटल तथा नजिकैको जङ्गलतर्फ जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ५३ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले