पेडा खाएपछि बेहोस भएका आचार्यलाई विष खुवाएको खुलासा | Khabarhub Khabarhub

पेडा खाएपछि बेहोस भएका आचार्यलाई विष खुवाएको खुलासा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् ।

कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ। पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो। आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

नेपालमै औषधि उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल आएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।

सोमबार बिहान नेपाल फर्कनुअघि पतञ्जलि योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : १० बजे

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन

किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’

काठमाडौं– न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई ‘अहिलेसम्मकै सबैभन्दा कठोर सजाय’

वाईसीएल कर्णाली अध्यक्षमा लक्ष्मण ओली

सुर्खेत– नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन योङ्ग कम्युनिस्ट लिग

झापाको पुँजीगत खर्च ४२ प्रतिशत

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा पुँजीगत

ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

फुङ्लिङ– दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक)