फ्रान्समा ठट्यौलो शैलीमा देखिए ट्रम्प र मोदी « Khabarhub

फ्रान्समा ठट्यौलो शैलीमा देखिए ट्रम्प र मोदी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो।

भेटघाटपछि सञ्चारकर्मी अगाडि आएका दुई नेताहरू ठट्यौलो शैलीमा प्रस्तुत भए।

उनीहरूबीच के कुराकानी भयो भनेर सोधिँदा मोदीले हिन्दीमा भने, “मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुहोस्, हामीहरू कुरा गरिहन्छौँ। जब आवश्यकता हुन्छ तब हामी अवश्य पनि तपाईँहरूलाई जानकारी गराउँछौँ।”

मोदीको यो प्रतिक्रियापछि उनीतिर सङ्केत गर्दै ट्रम्पले भने, “वास्तवमा उनी एकदम राम्रो अङ्ग्रेजी बोल्छन्… उनी खालि बोल्न चाहँदैनन्।”

ट्रम्पको यस्तो टिप्पणीप्रति प्रधानमन्त्री मोदी खुलेर हाँसे। त्यसपछि उनीहरूले एकअर्कासँग हात जुधाए र मिलाए। यो क्रम केही बेर चलिरह्यो।

उनीहरूको शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसे।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पकै अगाडि कश्मीरबारे मध्यस्थता गर्ने विषयमा भारत र पाकिस्तानबीचको सबै मुद्दा द्विपक्षीय रहेको र त्यसमा कुनै तेस्रो पक्षले टाउको दुखाउनु नपर्ने बताएका थिए।

यद्यपि अघिल्लो महिना राष्ट्रपति ट्रम्पले वाशिङ्टनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अगाडि प्रधानमन्त्री मोदीले कश्मीरको बारेमा मध्यस्थताको कुरा गरेको बताएका थिए।

भारतले त्यतिबेला कुनै पनि किसिमको प्रस्तावबारे चर्चा भएको विषय अस्वीकार गरेको थियो।

राष्ट्रपति ट्रम्पका अनुसार प्रधानमन्त्री मोदीले आफूलाई कश्मीरबारे सबै कुरा बताउँदै स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका थिए।

भारत र पाकिस्तानले आफ्ना विषय मिलेर समाधान गर्ने भन्दै ट्रम्पले दुवै देशका प्रधानमन्त्री आफ्ना असल मित्र रहेको बताए। बीबीसीबाट

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ३३ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको