सागमा पदक जित्ने लक्ष्यसहित नेपाली भलिबल टोली अभ्यासमा « Khabarhub

सागमा पदक जित्ने लक्ष्यसहित नेपाली भलिबल टोली अभ्यासमा



काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोली अब आगामि मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारीमा जुट्दैछ । भदौ २ गतेदेखि ८ गतेसम्म काठमाडौंमा आयोजना भएको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सिनियर मेन्स भलिबल च्याम्पियनसिपको समापनसँगै भलिबल टोली सागको अभ्यासमा लाग्ने भएको छ।

पहिलो पटक नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षा अनुरुपको प्रदर्शन गर्न असफल रहेको भलिबल टोली अब सागमा जुट्ने प्रशिक्षक तथा भलिबल संघका प्रवक्ता जगदिश भट्टले बताएका छन् ।

जेष्ठ अन्तिमदेखि एभीसीको अभ्यासमा रहेको नेपाली भलिबल टोलीले झण्डै २ महिना त्रिभुवन आर्मीको लगनखेलस्थित कभर्डहलमा अभ्यास गरेपनि त्यहीँ भलिबल कोर्टमा नेपाली टोली असफल रह्यो ।

पदकको अपेक्षासहित अभ्यासमा जुटेको नेपाली टोली एभीसीको समूह ‘बि’ का रहेको थियो । उक्त समूहमा किर्गिस्तान र माल्दिभ्स रहेका थिए । नेपाल दुवै टोलीसँग पराजित हुँदै समूहबाट बाहिरियो भने नेपाललाई पराजित गरेको किर्गिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो ।

पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई पराजित गर्दै एभिसीको यात्रामा विराम लगाएको भलिबल टोली अब सागका लागि केन्द्रित हुने भट्टको भनाई छ । ‘अहिले पनि एभिसीसँगै सागलाई लक्षित गरेरै अभ्यास भइरहेको थियो,’ प्रशिक्षक भट्टले भने,‘एभिसीमा सहभागी भएका १२ जना खेलाडीबाहेक सबै जना सागको अभ्यासमै थिए । तर, अब प्रतियोगिता सकिएसँगै एभिसीमा सहभागी भएका १२ जना खेलाडी पनि शुक्रबारदेखि अभ्यासमा फर्किन्छन् ।’

घरेलु कोर्टमा विदेशी प्रशिक्षकबाट प्रशिक्षण पाइरहँदा नेपाली टोलीले राम्रो गर्ने बताइरहँदा नेपालको प्रदर्शन भने प्रतियोगितामा सम्झनलायक हुन सकेन । तर, नेपाली भलिबल टोलीका लागि घरेलु कोर्ट एभीसीमा भएको गल्ति सुधार्ने अवसर भने बाँकी छ ।

मंसिरमा काठमाडौंमै आयोजना हुन लागेको सागमा भलिबल टोलीका लागि एभीसीमा भएको गल्तिलाई सञ्च्याउँदै प्रशंसकलाई खुसी पार्ने अवसर बाँकी छ । प्रशिक्षक भट्ट पनि अब भलिबल टोली पूर्ण रुपमा सागको अभ्यासमा लाग्ने बताउँछन् ।

‘अहिलेसम्म एभीसीको पनि कुरा थियो । तर, एभीसीको समापनसँगै अब टोली सागको अभ्यासमा लाग्नेछ,’ भट्टले भने ।

मध्ये एसियाका बलिया टोलीहरु रहेका कारण एभीसीमा अपेक्षा अनुसार टोलीको नतिजा आउन नसकेको प्रशिक्षक भट्टले बताएका छन् । तर, दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जित्न भने निकै कठिन रहेको उनको भनाइ छ ।

सागमा भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स लगायतका टोलीहरु नेपालभन्दा बलिया छन् । तर, पनि घरेलु कोर्टको फाइदा उठाउन नेपाली टोली सफल भए र कुनै चामत्कारीक प्रदर्शन देखाएमात्रै नेपालले सागमा भलिबलबाट स्वर्ण जित्ने भट्टको तर्क छ ।

‘अहिलेकै अवस्थामा भारत, पाकिस्तान लगायतका देशहरुलाई पराजित गर्न निकै गाह्रो छ । तर, कुनै त्यस्तै माहौल बनेछ भने सागमा स्वर्ण जित्न पनि सक्छौं,’ भट्टले भने, ‘भलिबल सबै देशको लोकप्रिय खेल हो । विकसित देशहरुले यसमा लगानी बढाउँदै आफ्नो खेलमा सुधार गर्दै अघि बढिरहेका छन् । त्यसैले भारत र पाकिस्तानालाई पराजित गर्न त अझै १०–१२ बर्ष लाग्छ । अहिले नै त्यो सम्भव छैन । तर, कास्यसम्म जित्न सक्छौं ।’

नेपाली टोलीलाई पछिल्लो २ महिनादेखि डच प्रशिक्षक हान एबिङले प्रशिक्षण गरिरहेका छन् । उनले आफ्नो प्रशिक्षण समयमा खेलाडीहरुको खेलमा सुधार आएको दाबी गरेका छन् । त्यसो त, उनले नेपाल आए लगत्तै नेपाली खेलाडी क्षमतावान रहेको र त्यसलाई ‘पोलिस’ गर्न आफुले सघाउँने बताएका थिए ।

तर, एभीसीको प्रदर्शन हेर्दा नेपाली खेलाडीहरुमा अझै पनि आत्मबलको कमजोरी यथावत रहेको हो कि भन्ने भान भएको छ । भलिबलले सागमा अहिलेसम्म स्वर्ण हात पार्न सकेको छैन् । तर, दशरथ रंगशालामै हुने १३ औं सागमा भने भलिबलबाट पदकको अपेक्षा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र संघले गरेका छन् ।

भलिबलका आफ्नै दर्शक छन् । जसले नेपालको राष्ट्रिय खेलको अझै सोभा बढाएको छ । एभीसीका दौरान भलिबल हेर्न कोर्टमा पुगेका हरेक नेपाली समर्थकले खेलाडीहरुलाई हौसला बढाएका थिए । तर, त्यसकै बाबजुुद पनि भलिबलले आफ्नो प्रदर्शनमा सुधार गर्न चुक्यो ।

अहिले भलिबल संघ खेलाडीको प्रदर्शनमा कहाँ कमजोरी भयो भनेर समीक्षा गरिरहेको प्रशिक्षक भट्टले बताए । ‘हामी अहिले एभीसीमा कहाँ कमिकमजोरी छ, भनेर खोज्नेक्रममा छौं । तर, सागमा त्यो कमिकमजोरी नदोहो¥याउने गरी लाग्छौं’ भट्टले भने ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : २७ बजे

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा