दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को? « Khabarhub

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को?


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ऐश्वर्य’ बाट चर्चा कमाएका निर्देशक दिवाकर भट्टराई फिल्म निर्माणमा जुटेका छन् । खबरका अनुसार उनले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बाट निर्माणमा समेत हात हालेका हुन् । फिल्ममा निर्देशन पनि उनकै रहनेछ ।

दशैँबाट फिल्मको छायांकन थालिने भनिएको यो फिल्म ओम नमः शिवायः प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।

चलचित्रका बारेमा अन्य जानकारी दिइएको छैन । यता फिल्ममा नायिकाका रुपमा दीपिका प्रसाई‍ हुने सम्भावना छ । दीपिका र दिवाकरले चलचित्र ‘ऐश्वर्य’ मा सँगै काम गरेका थिए । अहिले भने यी दुई पतिपत्नी समेत हुन् ।

पूर्णत लभस्टोरी फिल्म भनिएको यो फिल्मको कथामै काम भइरहेको जनाइएको छ । फिल्ममा नयाँ तथा पुराना कलाकार हुने जनाइएको छ ।

यसअघि दिवाकरले अनमोल केसीलाई लिएर चलचित्र ‘क्याप्टेन’ बनाएका थिए । उक्त फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यद्यपि उनले स्टुटिप मन र ऐश्वर्यबाट भने राम्रै चर्चा पाएका थिए ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  १२ : १४ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित