दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को? « Khabarhub

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ऐश्वर्य’ बाट चर्चा कमाएका निर्देशक दिवाकर भट्टराई फिल्म निर्माणमा जुटेका छन् । खबरका अनुसार उनले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बाट निर्माणमा समेत हात हालेका हुन् । फिल्ममा निर्देशन पनि उनकै रहनेछ ।

दशैँबाट फिल्मको छायांकन थालिने भनिएको यो फिल्म ओम नमः शिवायः प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।

चलचित्रका बारेमा अन्य जानकारी दिइएको छैन । यता फिल्ममा नायिकाका रुपमा दीपिका प्रसाई‍ हुने सम्भावना छ । दीपिका र दिवाकरले चलचित्र ‘ऐश्वर्य’ मा सँगै काम गरेका थिए । अहिले भने यी दुई पतिपत्नी समेत हुन् ।

पूर्णत लभस्टोरी फिल्म भनिएको यो फिल्मको कथामै काम भइरहेको जनाइएको छ । फिल्ममा नयाँ तथा पुराना कलाकार हुने जनाइएको छ ।

यसअघि दिवाकरले अनमोल केसीलाई लिएर चलचित्र ‘क्याप्टेन’ बनाएका थिए । उक्त फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यद्यपि उनले स्टुटिप मन र ऐश्वर्यबाट भने राम्रै चर्चा पाएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : १४ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री