भिडियो कुराकानीका माध्यमबाट भएको मन्त्रिपषिद् वैठक गोपनीयताका आधारमा कति सुरक्षित ? « Khabarhub

भिडियो कुराकानीका माध्यमबाट भएको मन्त्रिपषिद् वैठक गोपनीयताका आधारमा कति सुरक्षित ?


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलीप्रिजेन्स (एक प्रकारको श्रव्यद्रश्य कुराकानी)का माध्यमबाट सञ्चालन गरेको मन्त्रिपरिषद बैठक गोपनीयताका हिसावले असुरक्षित रहेको भन्ने विषयमा प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार तथा सूचना प्रविधि विज्ञ अस्गर अलीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै टेलीप्रिजेन्सका माध्यमबाट सञ्चालन गरिएको मन्त्रिपरिषद वैठक कुनै पनि हिसाबाट असुरक्षित नभएको दाबी गरेका छन् ।

अलीका अनुसार भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरेर सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपस्थित मन्त्रीहरुबीच सम्पर्क स्थापित गरिएको थियो ।

यसरी सम्पर्क स्थापित भइसकेपछि सिंगापुरबाट प्रधानमन्त्री ओलीले बोलेको कुरा (डाटा)हरु इन्क्रिप्ट (विशेष प्रकारको कोडमा परिवर्तन) हुन्छ । एन्क्रिप्टेड (कोडमा परिवर्तित) डाटा ‘क्लाउड’मा जान्छ । ‘क्लाउड’बाट टीपी सर्भरले ती डाटाहरु ग्रहण (प्राप्त) गरी पुनः एन्क्रिप्टेड गर्छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्सन रुममा भिडियोको रुपमा डाटा प्राप्त हुने भएकाले सूचनाहरु पूर्णतः सुरक्षित हुने अलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्न गरेको भिडियो सम्बोधनलाई स्काइप कल, फेसबूक लाइभ र युट्युब स्ट्रिमिङजस्तो नभएको पनि अलीको भनाइ छ ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  १२ : १२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत