भिडियो कुराकानीका माध्यमबाट भएको मन्त्रिपषिद् वैठक गोपनीयताका आधारमा कति सुरक्षित ? « Khabarhub

भिडियो कुराकानीका माध्यमबाट भएको मन्त्रिपषिद् वैठक गोपनीयताका आधारमा कति सुरक्षित ?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलीप्रिजेन्स (एक प्रकारको श्रव्यद्रश्य कुराकानी)का माध्यमबाट सञ्चालन गरेको मन्त्रिपरिषद बैठक गोपनीयताका हिसावले असुरक्षित रहेको भन्ने विषयमा प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार तथा सूचना प्रविधि विज्ञ अस्गर अलीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै टेलीप्रिजेन्सका माध्यमबाट सञ्चालन गरिएको मन्त्रिपरिषद वैठक कुनै पनि हिसाबाट असुरक्षित नभएको दाबी गरेका छन् ।

अलीका अनुसार भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरेर सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपस्थित मन्त्रीहरुबीच सम्पर्क स्थापित गरिएको थियो ।

यसरी सम्पर्क स्थापित भइसकेपछि सिंगापुरबाट प्रधानमन्त्री ओलीले बोलेको कुरा (डाटा)हरु इन्क्रिप्ट (विशेष प्रकारको कोडमा परिवर्तन) हुन्छ । एन्क्रिप्टेड (कोडमा परिवर्तित) डाटा ‘क्लाउड’मा जान्छ । ‘क्लाउड’बाट टीपी सर्भरले ती डाटाहरु ग्रहण (प्राप्त) गरी पुनः एन्क्रिप्टेड गर्छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्सन रुममा भिडियोको रुपमा डाटा प्राप्त हुने भएकाले सूचनाहरु पूर्णतः सुरक्षित हुने अलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्न गरेको भिडियो सम्बोधनलाई स्काइप कल, फेसबूक लाइभ र युट्युब स्ट्रिमिङजस्तो नभएको पनि अलीको भनाइ छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : १२ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।