विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईं प्रति आत्मसमर्पण गर्छिन् « Khabarhub

विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईं प्रति आत्मसमर्पण गर्छिन्


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विवाह मानिसको जीवन प्रक्रिया सञ्चालनको एउटा पाटो हो । नारी र पुरुष दुई व्यक्तिबीचको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । यसले कुनै दुई परिवारबीच नयाँ नाता सम्बन्ध स्थापनाको काम पनि गर्छ । यहाँ हामीले विवाहका सम्बन्धमा केही व्यक्तिहरुले राखेका मननयोग्य भनाईहरु उल्लेख गरेका छौं ।

-हरेक मानिसले आफ्नो आत्माको अमरतामा जस्तै गरी विवाहको अमरतामा पनि विश्वास गर्नु आवश्यक छ ।-बाल्ज्याक

-यो कुरा ख्याल राख्नुस कि तपाईंले आफ्नो कुलभन्दा उच्च कुलमा विवाह गर्नु भयो भने आफ्नो स्वतन्त्रता गुमाउनुहुन्छ ।-मसिन्जर

-पहिलो पटक विवाह गर्नु भनेको एकदमै पवित्र कार्य हो अनि दोस्रो पटक विवाह गर्नु मुर्खता र तेस्रो पटक विवाह गर्नु भनेको पागलपन हो ।-डच उखान

-विवाह सुखमय नहुनुको एकमात्र कारण भनेको युवतीहरुले पिंजडा बनाउन भन्दा जाल बुन्नमा आफ्नो समय खेर फाल्नु हो ।-स्विफ्ट

-जीवनमा जसरी पनि विवाह गर्नु, राम्री श्रीमती परिन् भने तपाईं सुखी हुनुहुन्छ तर खराव श्रीमती परिन् भने तपाईं दार्शनिक बन्नुहुन्छ ।-सुकरात

-ठाडो भाषामा भन्ने हो भने विवाह भनेको कानूनी बेस्वावृती हो ।-जर्ज बर्नाड शा

-दुई वटा भिन्दा भिन्दै जातिबीच्को विवाह सवैभन्दा उत्तम विवाह हो ।-पर्कर

-एउटा कुरा विचार गनुहोस् की बैबाहिक जीवनको पारस्परिक सन्तुष्टिभन्दा महान सुख संसारमै अरु छैन ।-एच जाइल्स

-विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईंप्रति आत्मसमर्पण गर्छिन् ।-खप्तड स्वामी

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ३४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी