रेशम चौधरीलगायतलाई निःसर्त रिहा गर्न थरुहट मोर्चाको माग, शसक्त आन्दोलन गर्ने चेतावनी « Khabarhub

रेशम चौधरीलगायतलाई निःसर्त रिहा गर्न थरुहट मोर्चाको माग, शसक्त आन्दोलन गर्ने चेतावनी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एकसय एक सदस्यीय मोर्चा गठन गरेको हो ।

मोर्चाको प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु रहेका छन् ।

यसका साथै सम्मेलनले विभिन्न निर्णयहरु गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा जोड दिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसहित आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

टिकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता र निःसर्त रिहाइको माग गरेको छ ।

यस्तै टिकापुर घटनाबारे छानविन गर्न तत्कालिन सरकारबाट गठित पूर्व न्यायाधीश गरिशचन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका लागि पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।

२०७२ साल भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक बालकको मृत्यु भएको थियो । यस्तै मोर्चाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यअनुरुप संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।

तीन चरणको संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाले टिकापुर घटना भएको दिन भदौ ७ लाई हरेक वर्ष थरुहट आन्दोलनको विद्रोह दिवसको रुपमा मनाउनेदेखि अनिश्चितकालिन बन्दका कार्यक्रमसम्म रहेका छन् ।

पहिलो र दोस्रो चरणको संघर्षका कार्यक्रमको मिति तय गरिए पनि तेस्रो चरणको आन्दोलनको कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ३ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन