भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेकोमा कांग्रेसको आपत्ति « Khabarhub

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेकोमा कांग्रेसको आपत्ति


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाए ।

उनले भने “प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संसोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ ।”

प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए ।

मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संसोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने “यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोलि सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?”

सभामुखले बैठक शुरु भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  ४ : १८ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको