साफ च्याम्पियनसीप– बंगलादेशविरुद्ध नेपालको शानदार जीत « Khabarhub

साफ च्याम्पियनसीप– बंगलादेशविरुद्ध नेपालको शानदार जीत


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपअन्तर्गत बंगलादेशसँगको खेलमा नेपाल ४–१ गोल अन्तरले विजयी भएको छ ।

भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालको जीतमा कृषन यादवको ठूलो योगदान रह्यो । कृषन एक्लैले २ गोल गरे । यस्तै, सुगन जिमी र प्रदिप लम्सालले १–१ गोल गरे ।

आजको जीतसँगै नेपालको फाइनल पुग्ने संभावना बलियो बनेको छ ।

अबको खेल नेपालले बिहीबार भुटानसँग खेल्ने छ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : २६ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ