संसदः समसामयिक विषयमा ध्यानाकर्षण गराउनेदेखि मौन ब्रत बस्नेसम्म | Khabarhub Khabarhub

संसदः समसामयिक विषयमा ध्यानाकर्षण गराउनेदेखि मौन ब्रत बस्नेसम्म


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले भ्रष्टाचार नियन्त्रण, वन विनास तथा वन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला नेपालीले भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । उनले सिंहदरबारदेखि मन्त्रीक्वाटरसम्म विचौलियामार्फत मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठूलाबडाले गरेको करोडौको भ्रष्टाचार नदेख्ने र साना कर्मचारीलाई पक्रनेको नाममा फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बागको आक्रमणमा परि गेरुवा र ठाकुरद्धारा गाउपालिकाका २ जना स्थानीयको मृत्यु भएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरिन् ।

मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उनले निकुञ्जको सिमानामा ठूला–ठूला पर्खाल निर्माण गरि स्थानीयको जीउ धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिँदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भीमसेनदास प्रधानले सरकारले यस बर्षलाई वृक्षरोपण वर्ष घोषण गरेको भएपनि त्यस विपरित बन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भू-माफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले बन जंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद मिना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहँदा पनि नियन्त्रणतर्फ सरकार गम्भीर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको बताए ।

सांसद यज्ञ बहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्ग अन्र्तगत गैहीटार विनायक खण्ड अन्र्तग कमलबजार नगरपालिका वडा नम्बर ५ र्कितिपुर खण्डमा लामो समय देखि सुख्खा पहिरो गईरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

सांसद राजेन्द्र कुमार केसीले भने शुन्य समयमा बोलेका विषयको कही कतैबाट सुनुवाई नभएको भन्दै आफूलाई उपलब्ध गराइएको समयमा मौन ब्रत धारण गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ३१ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै