पाँच परम्परागत मान्यता, जसका पछाडी यस्ता छन् वैज्ञानिक कारण « Khabarhub

पाँच परम्परागत मान्यता, जसका पछाडी यस्ता छन् वैज्ञानिक कारण


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामाजिक तथा धार्मिक रुपमा चलेका अधिकाशं परम्पराहरु अझै पनि नेपाली समाजमा चलिरहेको पाइन्छ । कतिपय मानिसले ति परम्परा र मान्यताको पछाडी कुनै तुक नभएको भन्दै विरोध गरे पनि अझै हाम्रो समाजमा कायमै छ । कतिपय हामीले नबुझेर पनि ति मान्यताको अनुशरण गर्छौं भने कतिले त्यसलाई रुढिवादी परम्परा मान्दछन् ।

बर्षाैदेखि चलिआएका ति मान्यता तथा प्रथामा केहि तथ्य छ कि ? रुढिवादी नै हुन् ? बर्षौं पहिलेदेखि चलिआएका केही मान्यता पछाडी वैज्ञानिक कारण समेत भेटिएको छ ।

१. रातमा कुचो लगाउनु हुँदैन

रात परेपछि घरमा कुचो लगाउनु अर्थात बढार्नु हुँदैन भन्ने मान्यता रहेको छ । रातको समयमा कुचो लगाउनुलाई अशुभ मानिन्छ । यसका पछाडी वैज्ञानिक कारण पनि भेटिएका छन् । खासमा राती कुचो लगाउँदा बढारिएको कसिंगरसँगै बहुमूल्य धातु वा धनसम्पत्तिसमेत बढारिएर जाने गर्दछ । यसले गर्दा धनको हानी भई ऋण लाग्ने विश्वास गरिन्छ ।

२. मलामीबाट फर्केर नुहाउँनु

यदि कसैको मलामी जाँदा घाटबाट फर्केर अनिवार्य नुहाउँनु पर्ने मान्यता प्रथाको रुपमा कायम भयो । मलामी गएको मानिस नुहाएन भने अशुभ हुने विश्वास गरिन्छ ।

खासमा यसका पछाडी पनि वैज्ञानिक कारण छ । मृत शरीर वा लासमा दुषित ब्याक्टेरियाको मात्रा धेरै हुन्छ । मलामी गएको मानिसले शव छुने हुदाँ बिरामी हुने सम्भावना हुन्छ । यदि नुहाएमा ति मानिसको शरीर सफा भई रोगको सम्भावना रहँदैन ।

३. महिनावारी हुदाँ मन्दिर र भान्सा छिर्न नपाइने

अझै पनि कतिपय घरमा महिनावारी भएका महिलाले भान्सामा जान, खाना पकाउन वा खाद्य सामाग्री छुन पाउँदैनन् । पूजाकोठा तथा मन्दिरमा समेत उनीहरुलाई रोक लगाइन्छ । महिनावारी भएका महिलाले छोएमा फोहोरी र अशुभ मानिन्छ ।

घरका कुलदेवता रिसाउने समेत मान्यता छ । तर यसको पछाडी वैज्ञानिक कारण भने महिनावारी भएका महिलामा शारीरिक उर्जा कम हुने र सरसफाइको कमी भएमा रोग निम्तन सक्ने भन्दै भान्सामा रोक लगाइएको हुनसक्छ ।

४. दही खाएर यात्रामा जानु

विशेष कुनै महत्वपूर्ण काममा घरबाट बाहिर निस्कादा परिवारका सदस्यहरुले दही खुवाउने चलन छ । दही खाएर यात्रामा जादाँ घर बाहिर पनि भाग्यले साथ दिने मान्यता छ । दही खाएर निस्कदा साइत राम्रो हुने विश्वास गरिन्छ । तर यसको पछाडी वैज्ञानिक कारण भने पहिलेपहिले यात्राका साधन कम हुँदा मानिसहरु हिँडेर नै यात्रा गर्दथे । यसले गर्दा मानिस थाक्ने तथा शरीरमा गर्मी हुन्छ । त्यसैले दहीमा चिनी मिसाएर खाँदा शरीर शितल हुने तथा उर्जा रहिरहने गर्दछ ।

५. प्रवेशद्वारमा कागती र खुर्सानी झुन्ड्याइनु

हरेक परिवार आफू र आफन्तमाथि कुनै खराब आचरण र कसैको कुदृष्टि नपरोस् भन्ने चाहन्छन् । उनीहरु यसका लागि अनेकौं सावधानी तथा उपाय अपनाइरहेका हुन्छन् । परम्परादेखि कुदृष्टिबाट घरपरिवार बचाउन ढोकामा कागती र खुर्सानी झुन्ड्याउने गरिन्छ ।

यस पछाडीको वैज्ञानिक कारण भने यसरी प्रवेशद्वारमा कागती र खुर्सानी झुण्डाउँदा त्यसमा भएको साइट्रिक एसिडले ब्याक्टेरियालाई नष्ट गर्छन् । र परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्दछ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : ५२ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा