सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न, अलिकति दौडिनु पर्नेछ : मन्त्री भट्टराई « Khabarhub

सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न, अलिकति दौडिनु पर्नेछ : मन्त्री भट्टराई


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन् ।

पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

उनले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन बर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताए ।

उनले भने “पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनु पर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाहिँ १/२ नम्बरबाट अब हुँदैन । माथिल्लो गियरमै जानुपर्छ ।”

उनले सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु गर्ने लक्ष्यसाथ काम भईरहेको बताए । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालिन उडान भर्ने व्यवस्थासहित स्तरोन्नतिको काम भईरहेको पनि उनले जानकारी दिए ।

मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : २१ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको