भालुको पित्तसहित सामाखुशीबाट एक जना पक्राउ « Khabarhub

भालुको पित्तसहित सामाखुशीबाट एक जना पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई मंगलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले सोदेम्बासँग ज्याकेटको खल्तीमा लुकाएर ल्याएको १७ ग्राम पित्तसमेत बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको राठौरले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ०२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको