‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’ « Khabarhub

‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् ।

बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् ।

दानलाई महत्व दिई सर्वहिताय दान भनिने पञ्चदान पर्व पाँच पाण्डवलाई नभई पञ्चबुद्धलाई दिइने सरोकारवालाहरुको भनाइ छ । बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले महायान बौद्ध सिद्धान्तअनुरूप बुद्ध धर्ममा पञ्चदान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताए ।

अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचीनता भए पनि राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा यसको प्रचारप्रसार हुन नसक्दा एउटै ठाउँमा पनि बौद्धमार्गीले पञ्चदान र हिन्दूमार्गीले पाण्डवका रूपमा मान्ने गरेकाले यसलाई सबैमाझ पञ्चबुद्ध र दान पर्व भएको स्पष्ट पार्नुपर्ने औँल्याउनुभयो ।

भक्तपुरमा भोलि बुधबार पञ्चदान पर्व पाँच वटा दीपङ्कर बुद्धलाई सूर्यमढी ल्याएर राखिन्छ । करीब दुई घण्टा राखेर विभिन्न टोलबाट आएका भक्तजनहरुले पूजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ ।

सूर्यमढीबाट भक्तपुर नगरको भित्री भागका विभन्न टोलहरूमा घुमाउँदै तःमारीमा पुर्‍याउने गरिन्छ । यतिबेलै तःमारीमा गुँला पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यसपछि साकोथाको तीनदोबाटोमा पाँच वटा दिपङ्करहरुलाई आ–आफ्नो स्थानतिर लगेपछि यो पर्व सम्पन्न हुन्छ ।

यसदिन अन्न, गेडागुडी, फलफूल, औषधि र सियो धागो दान गरिन्छ । साथै पञ्चदानका रूपमा चामल, सुपारी, धान, मकै, गहुँ, भटमास, ढिकेनुन, पैसा, सुन चाँदी आदि चढाइन्छ । साथै जमिनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ ।

पिण्डपात्र दानको रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ । पञ्चदानको अर्थ पाँच वस्तुको दान नभई पाँच दीपङ्कर बुद्धलाई गरिने दान भएको बताइन्छ । नेवार समुदायमा शाक्य र बज्राचार्यले यो दान ग्रहण गर्दछन् । दीपङ्कर बुद्धको मान्यता गरी उनीहरूको मूर्ति राखेर दान प्रदान गर्ने प्रचलन रहिआएको पाइन्छ ।

क्वाठण्डौको प्रसन्नशील, गोल्मढीको झौरवही, साकोथाको चतुरब्रह्म, भार्वाचोको थथुबही र कोथुबही महाबिहारबाट दीपङ्कर निस्किएर नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्ने गरिन्छ ।

पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गरिएको दिपङ्कर सूर्यमढीको श्री पद्मबिहारमा आएर एकै ठाउँ भेला हुन्छन् । बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, बाहबहीका भिक्षुलाई भिक्षा दान दिइने परम्परा छ ।

नेपाल सम्वत् ५१२ मा शिवदेव तृतीयको शासनकालमा पैसासमेत राखेर पञ्चदान पर्वका लागि गुठी सञ्चालन गरिएको ताम्रपत्रमा उल्लेख भएअनुसार यो पर्व नेस ५१२ भन्दा अगाडि नै शुरु भएको बताइन्छ । यस दिनलाई सत्ययुगको उदय भएको दिनको रूपमा पनि मानिन्छ भने धानका देवताका रूपमा पनि मानिने भएकाले धानलगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : १३ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा