तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन « Khabarhub

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।

अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा तालिबानका वरिष्ट सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी दिएको जनाइएको छ ।

दोहामा अमेरिकी अधिकारीहरुसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुनेबारेमा स्पष्ट भइसकेको छैन ।

विश्लेषकहरुले “अभूतपूर्व” भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।

तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ ।

वार्तामा सहभागी नबनाएकामा असन्तुष्टी जनाएका अफगानी अधिकारीहरुले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।

विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गर्नुभएको थियो ।

सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता शुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुबै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।

मुल्लाह बरादरका अलाबा तालिबानको सैनिक एवं नागरिक विभागहरुका पदमा धेरैवटा परिवर्तन गरिएको तालिबानले वक्तव्यमा जनाएको छ ।
––

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ०३ बजे

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा संलग्न

बागमती प्रदेशसभा बैठकबाट धन्यवाद प्रस्ताव पारित

मकवानपुर– बागमती प्रदेशको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेशसभा सदस्य

रक्तचन्दनको अवैध कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौँ- रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ

निजीकरण गरिएका सार्वजनिक संस्थानमध्ये आठ नाफामा, चार घाटामा, छ बन्द

काठमाडौँ- निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा

‘नेपालमा पर्यटन क्षेत्रलाई सही ढंगले उपयोग गर्नुपर्छ’ 

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन