सार्कलाई निष्क्रिय राख्न नहुने नेपालको धारणा « Khabarhub

सार्कलाई निष्क्रिय राख्न नहुने नेपालको धारणा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा राखेको हो ।

सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो ।

१९ औं सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ ।

‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ’, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।

सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक-आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए । उनले गरीबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।

परराष्ट्रमन्त्रीले भने, ‘३४ वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवम गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’

एकीकृत दक्षिण एशिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।

सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो । बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ ।

बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए । कार्यव्यस्तताका कारण भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ३३ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु